कोषको वित्तीय संयन्त्र अन्तर्गत कोषहरुको समग्र व्यवस्थापन गर्न प्रबन्ध बैंकको व्यवस्था गरिएको छ । प्रबन्ध बैंकले कोषको वित्तीय सम्पत्तिहरुको व्यवस्थापनको लागि देहाय बमोजिम मुख्य रुपमा तीनवटा कार्यहरु गर्नेछ:

  • नेपाल सरकारले स्वीकृत गरेको अनुदान नीति तथा अनुदान वितरण व्यवस्था अनुदान परिचालन कार्यविधि अनुसार अनुदान रकमको व्यवस्थापन गर्ने,
  • कोषमा जम्मा हुन आएको रकम तोकिएको मार्गदर्शनहरु बमोजिम लगानी गर्ने,
  • प्रबन्ध बैंक र कोषबीच सम्पन्न भएको सम्पूर्ण सम्झौताहरु कार्यान्वयन गर्ने ।

हालको प्रबन्ध बैंक

एनएमबी बैंक लिमिटेड
बबरमहल, काठमाडौं
फोन: ‌+९७७-०१-४२४६१६० (एक्स: ३३४)
hbu@nmb.com.np