परिभाषा

सौर्य घरायसि प्रणाली भन्नाले घरेलु प्रयोजनका लागि प्रयोग हुने नवीकरणीय ऊर्जाको सौर्य तापकीय प्रणालीलाई बुझ्न सकिन्छ । सौर्य घरेलु प्रणाली जम्मा दुई प्रकारका छन् । ती हुन्ः

क. साना घरेलु सौर्य विद्युत प्रणाली भन्नाले व्याट्रि, सोलर चार्ज, कन्ट्रोलर र उपयुक्त संख्यामा बल्बहरु समेतको दश देखि बिस वाट पिक क्षमता भएको सौर्य फोटोभोल्टिक पाता सहितको सौर्य प्रणाली हो ।

ख. सौर्य घरेलु सौर्य विद्युत प्रणाली भन्नाले व्याट्रि, सोलर चार्ज, कन्ट्रोलर र उपयुक्त संख्यामा बल्बहरु समेतको पचास वाट पिक वा सो भन्दा बढी क्षमता भएको सौर्य फोटोभोल्टिक पाता सहितको सौर्य प्रणाली हो ।

 

क्षमता, मुल्य र अनुदान रकम

क. नियमित अनुदान सम्बन्धी व्यवस्था
राष्ट्रिय प्रसारण लाइन र अन्य नवीकरणीय ऊर्जा स्रोतवाट विद्युत सेवा उपलव्ध नभएका क्षेत्रमा सौर्य ऊर्जावाट विद्युत उपलव्ध गराउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको मिति २०७५।०४।२० मा प्रकाशित सौर्य घरेलु प्रणालीको अधिकतम सन्दर्भ मूल्य निर्धारण सम्वन्धी सुचना बमोजिम आर्थिक वर्ष २०७५/७६ को लागि घरेलु सौर्य विद्युत प्रणालीको अधिकतम सन्दर्भ मूल्य र अनुदान रकम तपसिल बमोजिम रहेको छ ।

साईज

वर्ग

वर्ग

वर्ग

अधिकतम सन्दर्भ मुल्य

अनुदान

अधिकतम सन्दर्भ मुल्य

अनुदान

अधिकतम सन्दर्भ मुल्य

अनुदान

१० वाट पिक

६,०७०/-

५,०००/-

५,५०५/-

४,८००/-

५,४४०/-

४,५००/-

२० वाट पिक

११,९९३/-

५,०००/-

११,३१७/-

४,८००/-

११,१४१/-

४,५००/-

५० वाट पिक

२२,५३८/-

१०,०००/-

२१,१३५/-

९,०००/-

२०,७७२/-

८,०००/-

५५ वाट पिक

२२,७८४/-

१०,०००/-

२१,५०८/-

९,०००/-

२१,२३३/-

८,०००/-

६० वाट पिक

२३,६५५/-

१०,०००/-

२२,२६४/-

९,०००/-

२१,८७४/-

८,०००/-

८० वाट पिक

२७,३०५/-

१०,०००/-

२६,४६६/-

९,०००/-

२६,६२६/-

८,०००/-

१०० वाट पिक

३३,६६७/-

१०,०००/-

३२,१०८/-

९,०००/-

३१,५४९/-

८,०००/-

ख. भुकम्प प्रभावित क्षेत्रको लागि विशेष अनुदान सम्बन्धी व्यवस्था

  • भूकम्प प्रभावित क्षेत्रमा विशेष अनुदानको लागि नँया आयोजनाको हकमा अनुदानको सम्पूर्ण प्रक्रिया पूरा गर्नु पर्नेछ र यस अघि अनुदान लिइसकेको तर भूकम्पबाट प्रणाली प्रभावित भई पुन अनुदान लिनु परेमा सम्बन्धित स्थानीय निकायको सिफारिस सहित आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्नु पर्नेछ ।
  • घरेलु सौर्य विद्युत प्रणाली अन्तर्गत २० वाट पिक क्षमताको लागि प्रतिघरधुरी कूल लागतको ७५ प्रतिशतमा नवढ्नेगरी रु. ८,००० प्रति घरधुरी र २१ देखि ५० वाटपिक क्षमता भन्दा वढीको लागि ७० प्रतिशतमा नवढने गरी रु. १०,००० सम्म । तर १० वाट पिक क्षमताको घरेलु सौर्य विद्युत प्रणाली र सुधारिएको फलामे चुलोमा निजी कम्पनीबाट प्रतिस्पर्धा (रिभर्स अक्सन) वाट कम लागतमा प्रविधि जडान गरिनेछ ।

ग. विशेष अनुदान सम्बन्ध व्यवस्था
दलित, आदिवासी, जनजाती, पिछिडिएको वर्ग लगायत लक्षित वर्गका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गत १०,००० घरधुरीका लागि प्रति घरधुरी ८००० का दरले विशेष अनुदानको व्यवस्था गरिएको छ ।

 

अनुदान सम्बन्धी प्रवधानहरु

क. अनुदान प्राप्तिका लागि सैदान्तिक आधार

  • घरायसी प्रणालीको अनुदान प्राप्त गर्नको लागि उपभोक्ता अनिवार्य रुपमा नेपालि नागरिक हुनु पर्नेछ ।
  • निजले सोही घरमा सोही प्रणालीका लागि यस अघि अनुदान नलिएको हुनु पर्नेछ ।

ख. अनुदान परिचालन प्रक्रियाः
साना घरेलु तथा घरेलु सौर्य ऊर्जा प्रणालि अन्तर्गतको अनुदान परिचालन प्रक्रिया देहाय बमोजिम हुनेछः

  • वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा सौर्य ऊर्जा प्रणाली जडान गर्न सुचिकृत संस्थाहरुले (कम्पनी) केन्द्रको मापदण्ड अनुसार मागको सिर्जना गरि घरेलु सौर्य ऊर्जाको जडान गर्नु पर्नेछ ।
  • उपभोक्ता स्वयमले पनि आफ्नो आवश्यकता अनुरुप मान्यता प्राप्त कम्पनीलाई प्रणाली जडानका लागि सम्पर्क गर्न सक्ने छ ।
  • कम्पनीहरुले घरेलु सौर्य विद्युत प्रणाली अन्तर्गतको अनुदानको लागि निर्धारित अनुदान आवेदन फारम भरी आवश्यक कागजातहरु समेत संलग्न गरी केन्द्रमा पेश गर्नु पर्नेछ ।
    • कम्पनीहरुले आवेदन फारम साथ सौर्य विद्युत प्रणाली धनिको नागरिकताको फोटोकपी
    • प्राविधिक तथा प्रणाली सहित घर र घरधनीको एकल वा संयुक्त फोटो (घरको साथमा),
    • प्रणाली धनी स्वयं उपस्थित हुन नसक्ने अवस्थामा परिवारको अन्य सदस्यको फोटो तथा यस्तो अवस्थामा मुचुल्का उठाई नाता प्रमाणित गराई सोको कागजातहरु संलग्न गरी पेश गर्नु पर्नेछ ।
  • अनुदान आवेदन फारम प्राप्त भए पछि केन्द्रले त्यसको मुल्याङ्कन गर्नेछ र अनुदान प्रसोधन प्रकृया अनुरुप भएमा केन्द्रले कोषलाई पन्चानब्बे प्रतिशत (९५%) अनुदान रकम भुक्तानीको लागी सिफारिस गर्नेछ र बाँकि (५%) धरौटि बापत रकम कोषमा छुट्टै खाता खोली राखिनेछ। उक्त रकम बिक्री पछिको एक वर्षको अवधिमा कुनै पनि गुनासो नआएमा केन्द्रको सिफारिसका आधारमा भुक्तानी गरिनेछ ।
  • अनुदान आवेदन फारम प्राप्त भएको तीस दिन भित्र केन्द्रले सम्पूर्ण प्रक्रिया पुरा गरि कोषलाई सिफारिस गर्नेछ ।
  • कोषबाट थप परीक्षण तथा मुल्याङ्कन गर्दा अनुदान परिचालन कार्यविधि अनुसार भएको पाइएमा पन्चानब्बे प्रतिशत (९५%) अनुदान रकम सम्बन्धित कम्पनीलाई प्रन्ध दिन भित्र भुक्तानी गरिनेछ ।
  • बिक्री पछिको एक वर्ष निःशुल्क सेवाको जिम्मेवारी जडान गर्ने कम्पनीमा रहनेछ । केन्द्रले दिएको टोल फ्रि नम्बरमा उपभोक्ताले बिक्री पछिको सेवाको गुनासो टिपाउन सक्नेछन् । सो नम्बरमा आएको जानकारी केन्द्रले सम्बन्धित कम्पनीलाई गराउनु पर्नेछ । केन्द्रले जानकारी गराएको दश दिनभित्र सम्बन्धित कम्पनीले उपभोक्ताहरुलाई आवश्यक सेवा प्रदान गर्नु पर्नेछ । सम्बन्धित कम्पनीले आफुले प्राप्त गरेको जानकारी अनुसार सेवा प्रदान नगरेमा वा ढिला सेवा प्रदान गरेकोमा अनुगमन मापदण्ड बमोजिम केन्द्रले कारबाहि गर्न सक्नेछ । बिक्री पछिको एक वर्षको अवधिमा कुनै पनि गुनासो नआएमा धरौटी बापतको रकम (५%) स्वतः फुकुवा गरिनेछ ।
  • यस कार्यविधि बमोजिम प्रणालीमा प्रयोग हुने उपकरण तथा सामाग्रीहरुको वारेण्टी तथा ग्यारेण्टी नेपाल सौर्य विद्युत गुणस्तर (NEPQA) अनुसार हुनेछ ।
  • सौर्य ऊर्जामा प्रयोग हुने ब्याट्री व्यवस्थापन लागि ब्याट्री भौचरमा उल्लेख गरिएको रकम अनुदान रकमबाट कट्टा गरि कोषको छुट्टै खातामा जम्मा गरि ब्याट्री व्यवस्थापन लागि प्रयोग गरिनेछ ।
  • उपभोक्ताहरुले आफ्नो आवश्यकता अनुसार कम्तिमा पाँच वर्ष अगाडि साना घरेलु सौर्य प्रणाली वा घरेलु सौर्य प्रणालीको प्रयोग गरिरहेको र हाल आवश्यक वृद्धि भई ठुला किसिमका घरेलु सौर्य प्रणाली (असि वाटपिक वा सो भन्दा ठूला) प्रणाली राख्न चाहेमा अनुदान नीतिको अधिनमा रही अनुदान रकम उपलब्ध हुनेछ ।

ग. अनुगमन तथा मूल्यांकन
सौर्य ऊर्जा प्रविधि अन्तर्गत घरेलु सौर्य ऊर्जा प्रविधिको अनुगमन देहाय बमोजिम हुनेछः

  • वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चौमासिक तथा वार्षिक रुपमा नवीकरणीय ऊर्जा प्रणाली एवं आयोजनको स्थलगत अनुगमन गर्नेछ ।
  • प्रत्येक २ वर्ष वा आवश्यकता अनुसार स्वतन्त्र तेश्रो पक्षवाट अनुदानको प्रभाव, जडान भएका नवीकरणीय ऊर्जा प्रणाली तथा आयोजनाहरुको स्थलगत निरिक्षणको लागि अनुगमन तथा मूल्यांकन गरिनेछ । स्थानीय स्तरमा स्थानीय निकायहरुबाट समेत स्थलगत अनुगमन गरिनेछ ।
  • अनुदान भुक्तानी भएको एक वर्ष पछि जडान गरिएको सौर्य प्रणालीबाट सम्भावित रुपमा दश प्रतिशत नमुना लिई स्वतन्त्र परामर्शदाताको माध्यमबाट त्यस्ता प्रणालीको स्थलगत अनुगमन गरिनेछ । प्रणालीको नमुना सौर्य ऊर्जा व्यवस्थापन सूचना तथ्याङ्कको कम्प्युटरकृत प्रणालीबाट छानिनेछ ।
  • स्थलगत अनुगमनबाट प्राप्त तथ्याङ्क व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कको आधारमा दर्ता गरी मूल्याङ्कन गरिनेछ। प्रदान गरेमा अनुदान टोलिले यात्रा लागत सय प्रतिशत क्षतिपूर्तिका रुपमा रकम फिर्ता लिइनेछ ।
    हिसाबहरुः
    क्षतिपूर्ति ने.रु.मा = २ गुणन यात्रा लागत ने.रु.मा
  • अनुगमन प्राविधिकले प्रवास, पुनःस्थापित, भेट तथा बेचिएको मामला सम्बन्धी गलत जानकारी जानी जानी प्रदान गरेको प्रमाणित भएमा अनुगमन टोलिले यात्रा लागतको १०० प्रतिशत यात्रा लागत रकम क्षतिपूर्तिका रुपमा फिर्ता गर्नुपर्ने छ ।
    हिसाबहरुः
    क्षतिपूर्ति ने.रु.मा = २ गुणन यात्रा लागत ने.रु.मा

घ. दण्ड तथा जरिवाना
घरेलु सौर्य ऊर्जा प्रविधिको दण्ड तथा सजाय सम्बन्धि व्यवस्था देहाय बमोजिम हुनेछः

  • स्थलगत  अनुगमन तथ्याङ्कलाई व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कमा राखि मूल्याङ्कन गरिनेछ । कम्पनिले बिक्री पश्चातको सेवा प्रदान नगरेमा वा अन्य किसिमले अनियमितता गरेको फेला परेमा तथ्याङ्कको आधारमा दण्ड र जरिवाना गरिनेछ । दण्ड र सजायको अधिकतम हद केन्द्रको मान्यता प्राप्त कम्पनीको सूचीबाट खारेज हुनेछ ।
  • विचलन स्तरको आधारमा नतिजा तथा जरिवाना तालिकामा देखाए अनुसार हुनेछ ।
  • केबल मुद्दा अनुरुपको अनुगमन तथा पछिको अनुगमन मात्र गरिनेछ । मुद्दा अनुरुपको अनुगमन तथा पछिको अनुगमनको बिचलनका लागि दण्ड, नतिजा निम्न तालिकामा देखाए अनुसार निष्कर्षमा पुगिनेछ ।

क्र.स

मुद्दा विवरण

क्षतिपूर्ति अनुदानको प्रतिशत अनुरुप

१.

जडान बिना अनुदान दाबी गरेमा (उपभोक्ता हुनु तर प्रणाली नभेटिनु)

२०० प्रतिशत

२.

दिएको ठेगानामा उपभोक्ता नभेटिनु

३.

सौर्य तापकीय प्रणाली पहिलो अनुगमन प्रश्चात गर्नु

४.

एउटै प्रणालीका लागि दोहोरो अनुदान दाबी गर्नु

५.

अर्कै आर्थिक सहयोग गरेको सौर्य तापकिय प्रणालीको अनुदान दाबी गर्नु

६.

खराब उपकरण वा सामग्रीको प्रयोग गर्नु

७.

अर्कै व्यक्तिको नाममा प्रणाली हुनु

५० प्रतिशत

८.

एकै परिवारको नाममा दुईवटा अनुदान दाबी गर्नु

९.

अर्कै जिल्ला वा गा.वि.स.मा प्रणाली जडान हुनु

ङ. अन्य विविध प्रावधानहरु

  • सौर्य विद्युत प्रणालीको हकमा हरेक आर्थिक बर्षमा आपूर्तिकर्तालाई जिल्ला वा भौगोलिक क्षेत्रको मागको आधारमा प्रति ईकाइ लागत मुल्य निर्धारण गरी सो को आधारमा मान्यता प्राप्त कम्पनी मार्फत उपभोक्तालाई अनुदान उपलव्ध गराइनेछ । उक्त अनुदान नवीकरणीय ऊर्जा अनुदान नीति, २०७३ मा उल्लिखित भन्दा बढी हुने छैन ।
  • नवीकरणीय ऊर्जा प्रविधिको न्यून विकास भएको क्षेत्रमा विश्वव्यापी ऊर्जाको पहुँचलाई सुनिश्चित गर्न र लक्षित वर्ग, प्रकोप पिडित वा ऊर्जाको कम प्रवद्र्धन भएको क्षेत्र र अनुदानमा आधारित नमूना ऊर्जा सेवाको न्यूनतम आधारभूत आवश्यकतालाई सुनिश्चित गर्न, नेपाल सरकारको लक्ष्य पूरा गर्न विशेष क्षेत्र वा जिल्लाहरुमा निजी कम्पनीबाट प्रतिस्पर्धा (रिभर्स अक्सन)वाट कम लागतमा प्रविधि जडान गरिनेछ ।
  • समुदाय वा नीजि क्षेत्रले व्यवस्थापन गर्ने विभिन्न नवीकरणीय ऊर्जा प्रणाली तथा आयोजनाहरुलाई अनुदान उपलव्ध गराइनेछ ।
  • मान्यता प्राप्त नीजि कम्पनीहरु मार्फत आपूर्ति र जडान गरिएका नवीकरणीय ऊर्जा प्रविधि वा प्रणालीमा ग्रामीण घर परिवारलाई अनुदान रकम उपलव्ध गराइने हुँदा त्यस्तो अनुदान भुक्तानीमा कुनै कर लाग्ने छैन । तर अनुदान वाहेकको रकम उपभोक्ता आफैले व्यहोर्नु पर्ने हुँदा प्रचलित कानून वमोजिम त्यस्तो रकममा कर लाग्नेछ ।
  • बजारमा आउने उच्च गुणस्तरीय प्रविधिका सामानहरुलाई महत्व दिँदै ती सामानहरुको परीक्षण र प्रमाणीकरण गरी थप सबलीकरण गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको भूमिका रहनेछ । साथै नवीकरणीय ऊर्जा प्रणालीमा प्रयोग भैसकेका लिड एसिड ब्याट्रीको व्यवस्थापन गर्न उपयुक्त संस्थागत क्षमताको विकास गर्न समेत केन्द्रको भूमिका रहनेछ ।

 

सुचिकृत संस्था

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले घरेलु सौर्य ऊर्जा प्रणाली जडानका लागि मान्यता प्रदान गरेका संस्थाहरु निम्न बमोजिम रहेका छन्:

क्र.सं.

कम्पनी/फर्म

ठेगाना

सम्पर्क नम्बर

ईमेल

१.

बेस्ट ईनर्जी प्रा. लि

काठमाडौं

सञ्जय अधिकारी   (०१–४४२९०७४)

bestenergy@gmail.com

२.

दीप ज्योति सौर्य ऊर्जा प्रा. लि

मोरङ

(०२१–५२१५८४, ९८५२०२७१००, ९८०२७०७६००)

djsouryaurja@gmail.com

३.

दीप लाईट ईनर्जी प्रा. लि

काठमाडौं

(०१–४३८१५०३, ९८५१०८१७६१)

info@deeplight@gmail.com

४.

ईनर्जी इन्टरन्यास्नल प्रा. लि

ललितपुर

०१ –५५४३४८२

info@energy-international.com.np

५.

जे.बि ईन्टरप्रईज

धनुसा

(०४१ –५२२२८८, ९८४४०२३८१२)

sudhirshah35@gmail.com

६.

ज्योति ईनर्जी प्रा. लि

काठमाडौं

(०१ –६२१२४४४, ९८५१०८९८७२)

jwotisolar@gmail.com

७.

कलश सोलार एण्ड इलेक्ट्रिसिटि को प्रा. लि

काठमाडौं

(०१ –४०३००३८, ९८४१७१००९४)

kalashsolarcom@gmail.com

८.

काठमाडौं पावर कम्पनी

काठमाडौं

०१ –४४१५०२९, ९८४१२०१५१४

sailesh.kpc@gmail.com

९.

काईनेटिक ईनर्जी प्रा. लि

काठमाडौं

०१ –४४९९६६८

info@kineticenergy.com.np

१०.

लेजरसन ईनर्जी प्रा. लि

ललितपुर

०१ –४३५०३०८

info@lasersunenergy.com

११.

प्रगति वायो ईनर्जी प्रा. लि

कास्की

०६१ –५२८८१, ९८५१०४५८९२

pragatibioenergy@gmail.com

१२.

सोलार होम्स नेपाल प्रा. लि

काठमाडौं

०१ –४३९०४३९, ९८५११५५१७८

solarhomesnepal@gmail.com

१३.

सौर्य ऊर्जा नेपाल प्रा. लि

काठमाडौं

०१ –४३५१७६३, ९८५१०३४७३९

souryaurjanepal@ntc.net.np

१४.

नव ऊर्जा नेपाल को प्रा. लि

ललितपुर

०१ –५२०४२२१, ९८५११६६३२०

nawaurja@gmail.com

१५.

उज्जायालो ऊर्जा प्रा. लि

काठमाडौं

०१ –४३८३३५८, ९८५१०७८८४०

ujyalourja2010@gmail.com

१६.

अल्ट्रा होम्स प्रा. लि

काठमाडौं

०१ –४११७१४३, ९८०१०००५०५

ultragroup47@gmail.com

१७.

सन पावर प्रा. लि

काठमाडौं

०१ –४४४०३५४

info@sunpower.wlink.com.np

१८.

सुर्योदय ऊर्जा प्रा. लि

काठमाडौं

०१ –४३७९००, ९८५१०४०४०४

info@sdu.com.np

१९.

ऊर्जा घर प्रा. लि

काठमाडौं

०१ –४३६५२२०

urjaghar@wlink.com.np

२०.

नेपाल पावर सलुसन प्रा. लि

मकवानपुर

०५७ –५२६६०६, ९८५५०६७७६०

npshetauda@gmail.com

 

पहुँचका आधारमा (दुर्गम) जिल्लाको वर्गिकरण

नेपाल सरकारद्वारा नेपालका ७५ जिल्लाहरुलाई भौगोलिक आधारमा (पहुँचका आधारमा)  “क”, “ख”, र “ग” गरि तीन वर्गमा वर्गिकरण गरेको छ । वर्गिकरण गरिएका जिल्ला निम्न बमोजिम रहेका छन्:

क्र.स

जिल्ला

वर्गमा पर्ने अति दुर्गम क्षेत्रहरु

वर्गमा पर्ने दुर्गम क्षेत्रहरु

वर्गमा पर्ने सुगम क्षेत्रहरु

१.

सोलुखुम्बु

खुम्जुङ्ग, नाम्चे, चौरीखर्क, जुविङ्ग, छेस्काम, वुङ्ग, गुदेल, वाकु, सोताङ्ग

केरङ्ग, तापटिङ्ग,मावे, चौलाखर्क, गाली, टाकासिन्धु,वेनी, लोदिङ्ग, तामाखानी, सल्लेरी, काकु,बासा, जुवु, पानचन, काँगेल, मुकाली, देउसा, गार्मा, नेचावेदघारी, सल्यान, तिङ्गला, भकान्जे, लोखिम,गोराखानी, नेले

यसमा उल्लेखित जिल्लाहरुका “क” र “ख” वर्गमा नपरेका क्षेत्रहरु बाँकी जिल्लाहरुका सम्पूर्ण क्षेत्रहरु

२.

मनाङ्ग

ध्यारु, पिसाङ्ग, भ्रका, खाङ्गसार, मनाङ्ग, ताकीमनाङ, नार, फू

थोचे, धारापानी, चामे, वगरचाप

 

३.

मुस्ताङ

धामी, चराङ, लोमानथाङ, छोण्डुप, छोसेर, सुरखाङ

कागवेनी, छुसाङ, मुक्तिनाथ, लेते, मार्फा,कुन्जो, झोङ, कोवाङ, टुकुचे, जोमसोम

 

४.

रुकूम

सम्पूर्ण क्षेत्रहरु

 

 

५.

डोल्पा

सम्पूर्ण क्षेत्रहरु

 

 

६.

मुगु

सम्पूर्ण क्षेत्रहरु

 

 

७.

हुम्ला

सम्पूर्ण क्षेत्रहरु

 

 

८.

जुम्ला

सम्पूर्ण क्षेत्रहरु

 

 

९.

कालीकोट

सम्पूर्ण क्षेत्रहरु

 

 

१०.

ताप्लेजुङ्ग

ओलाङ्गचुंगोला, पापुङ्ग, याम्फदिन, लेलेप

इखावु,थापेथोक

 

११.

संखुवासभा

पवा खोला, हतिया, चेपुवा, नुम, किमाथान्का, सिसुवा, वाला, मकालु, माङ्गतेवा, याफु, ताम्फु, पाथिभारा

दिदिङ्ग

 

१२.

दोलखा

विगु, आलम्पु, गौरिशंकर, लामाबगर

खारे,मार्वु, ओराङ्ग, चिलङ्खा

 

१३.

रसुवा

थुमन, टिमुरे, लाङ्गटाङ्ग, चिलिमे

वृदिम, हाकु, गत्लाङ्ग, गोलजुङ्ग

 

१४.

गोरखा

ल्हो, सामागाउ, प्रोक, विही, चुनचेत, चेकम्पार

सिर्दिवास, उइया, केरौजा, काशीगाउँ, मान्वु, लाप्राक, गुम्दा, लापु

 

१५.

रोल्पा

सम्पूर्ण क्षेत्रहरु

 

 

१६.

अछाम

सम्पूर्ण क्षेत्रहरु

 

 

१७.

सिन्धुपालचोक

गुम्बा, फुलपिङ्गकटी, तातोपानी

 

 

१८.

धादिङ्ग

लापा, तिप्लिङ्ग

 

 

१९.

जजरकोट

सम्पूर्ण क्षेत्रहरु

 

 

२०.

दैलेख

सम्पूर्ण क्षेत्रहरु

 

 

२१.

बाजुरा

सम्पूर्ण क्षेत्रहरु

 

 

२२.

बझाङ

सम्पूर्ण क्षेत्रहरु

 

 

२३.

दार्चुला

सम्पूर्ण क्षेत्रहरु

 

 

हाल नवीकरणीय ऊर्जा अनुदान नीति, २०७३ र नवीकरणीय ऊर्जा अनुदान परिचालन कार्यविधि, २०७३ कार्यन्वयनमा रहेको छ ।