परिभाषा

नगर फोहोरमा आधारित वायोग्यास प्लान्ट भन्नाले नगरपालिका उत्पादित ठोस फोहोरलाई प्रयोग गर्ने गरी सम्बन्धित नगरपालिका  क्षेत्रभित्र निर्माण भएका वायोग्यास प्लान्टहरुलाई बुझ्नि सकिन्छ ।

 

क्षमता, मुल्य र अनुदान रकम

अनुदानको हकमा नगरपालिका भित्रको ठोस पदार्थवाट वायोग्यास उत्पादनको लागि दिइने अनुदानको दर वायोग्यास उत्पादन क्षमतको आधारमा गरिएको छ ।

बायोग्यास प्लान्ट अनुदान रकम (रु.मा)
तापीय प्रयोगका लागि प्रति घनमिटर वायोग्यासबाट प्रतिदिन (साधारण तापक्रम चापको आधारमा) प्रति कि.वा. विद्युत शक्ति उत्पादनका लागि (२४ घण्टाको आधार भारका लागि) थप अनुदान
  तराई पहाड  
नगर फोहोरमा आधारित वायोग्यास प्लाण्ट रु दुई लाखमा नबढ्ने गरी कूल लागतको ४० % सम्म रु दुई लाखमा चालिस हजारमा नबढ्ने गरी कूल लागतको ४० % सम्म रु चार लाखमा नबढ्ने गरी कूल विद्युतीकरण लागतको ४० % सम्म

 

अनुदान सम्बन्धी प्रवधानहरु

क. नगर फोहोरमा आधारित वायोग्यास प्लान्टमा अनुदान प्राप्तिका लागि सैदान्तिक आधार परिचालन प्रक्रियाः

नगरपालिकाबाट निस्कने जैविक फोहोरबाट निजी लगानिकर्ता मार्फत निर्माण गरिने वायोग्यास प्लान्टको लागि अनुदान उपलब्ध गराइनेछ । नगरपालिकाबाट निस्कने  भित्रको जैविक फोहोरबाट उत्पादन गरिने वायोग्यास प्लान्टले अनुदानको प्राप्त गर्नका लागि देहाय बमोजिमको प्रकृया अपनाउनु पर्नेछ ।

 

  • नगर फोहोरबाट वायोग्यास ऊर्जा परियोजना संचालनको लागि सम्बन्धित केन्द्रमा आवेदन पेश गनु पर्नेछ ।
  • आवेदन प्राप्त गरे पश्चात सम्बन्धित नगरपालिका र केन्द्र बीच नगरपालिकाको फोहोर प्रयोग गरी ठूला वायोग्यास प्लान्टको निर्माणद्वारा फोहोरबाट वायोग्यास ऊर्जा परियोजना संचालन गर्न समझदारी पत्रमा हस्ताक्षर गरिनेछ । समझदारी पत्रमा हस्ताक्षर गर्दा दुवै संस्थाको भूमिका र लगानीका स्रोत समेत स्पष्ट उल्लेख गरिनेछ ।
  • केन्द्रले नगरपालिकालाई फोहोरबाट ऊर्जा उत्पादनको सम्भाव्यता अध्ययन गर्नका लागि केन्द्रले स्वीकृत गरेको कार्यविधि अनुसार योग्य परामर्शदाता मार्फत गर्न गराउन अनुरोध गर्नेछ । सम्भाव्यता अध्ययन गर्ने परामर्शदाताको छनोट नगरपालिका आफै वा केन्द्रले सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार गर्नु पर्नेछ ।
  • सम्भाव्यता अध्ययन प्रतिवेदनलाई केन्द्रले प्रविधिक मूल्याङ्कन समितिले मूल्याङ्कन गरे पश्चात सम्भाव्य ठानेकोमा केन्द्रले सम्बन्धित नगरपालिकालाई परियोजना सञ्चालक÷लगानिकर्ता ९एचष्खबतभ म्भखभयिउभच० छनोटको लागि प्रक्रिया शुरु गर्न पत्राचार गर्नु पर्नेछ । परियोजना सञ्चालक छनोट गर्दा नगरपालिकाले सम्बन्धितको योग्यता प्रदान गरिने सेवा सुविधा तथा सर्तहरु आदि निर्धारण गर्नु पर्नेछ । यस कार्यमा केन्द्रले सम्बन्धित नगरपालिकालाई प्रविधिक सहयोग उपलब्ध गरिनेछ ।
  • सम्बन्धित नगरपालिकाले केन्द्रद्वारा तयार परिएको नमूना परियोजना सञ्चालक छनोट कार्यविधि वा दस्ताबेज अनुसार निजी क्षेत्रबाट इच्छुक परियोजना सञ्चालकहरुबाट योग्यताका आधार सहित तोकिएको ढाँचामा इच्छापत्र पेशका ९च्भत्रगभकत ायच त्तगबषिष्अबतष्यल० लागि आव्हान गर्नु पर्नेछ ।
  • छनोट प्रक्रियाबाट योग्य ठहरिएका परियोजना सञ्चालन गर्न इच्छुक लगानिकर्ता आवेदकहरु मध्ये सर्बोत्कृष्ठ अंक प्राप्त गर्ने आवेदकहरु मध्येबाट नगरपालिकाले विस्तृत प्रस्ताव सहित परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनको ९च्भत्रगभकत ायच एचयउयकब०ि आह्वान गर्नेछ भने छनोट गरिएको परियोजना सञ्चालक कम्पनीले कम्पनी दर्ता प्रमाण पत्रको प्रतिलिपी, प्यान÷भ्याट प्रमाण पत्रको प्रतिलिपी र केन्द्रले निर्धारण गरेको आवश्यक कागजात सहित केन्द्रको वेबसाइट धधध।बभउअ।नयख।लउ मा उपलब्ध वेब पोर्टलद्वारा अनलाईन आवेदन औपचारिक रुपमा पेश गर्नु पर्नेछ । छनोट गरिएका परियोजना सञ्चालन कम्पनीले निर्धारित समयसिमा भित्र परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन सहित विस्तृत आर्थिक प्रस्ताव तयार गरि  केन्द्रमा पेश गर्नु पर्दछ । परियोजना सञ्चालकले आवश्यक ठानेमा प्रचलित उत्कृष्ठ व्यवसायीक अभ्यासका ९द्यभकत ऋयmmभचअष्ब िएचबअतष्अभ० आधारमा योग्य राष्ट्रिय वा अन्र्तराष्ट्रिय परामर्शदाता छनोट गरि विस्तृत सम्भाव्यता अध्ययन कार्य सम्पन्न गर्न सक्नेछ । केन्द्र र परियोजना सञ्चालक बीच लागत साझेदारीको आधारमा केन्द्रद्वारा स्वीकृत निर्देशिका अनुसार परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्नु पर्नेछ । केन्द्रमा प्राप्त भएको प्रस्ताव÷ प्रतिवेदन उपर केन्द्रको प्राविधिक मूल्याङ्कन समितिले मूल्याङ्कन पश्चात सम्भाव्य देखिएमा प्रस्तावलाई छनोट गरि प्लान्ट निर्माणका लागि अनुमति प्रदान गर्नेछ तर सो अघि परियोजना सञ्चालकले अनुदान सहित शत प्रतिशत आर्थिक स्रोत जुटेको प्रत्याभुति केन्द्रमा पेश गर्नु पर्नेछ ।
  • केन्द्र, नगरपालिका र छनोट गरिएको परियोजना सञ्चालक÷लगानिकर्ता बीच त्रिपक्षीय सम्झौता हुनेछ । सम्झौतामा परियोजना सञ्चालक, केन्द्र तथा नगरपालिकाको भूमिका तथा जिम्मेवारी प्रस्ट उल्लेख हुनु पर्नेछ । यसै गरि केन्द्र र नगरपालिकाका दायित्व सहित नगरपालिले सञ्चालकलाई प्रदान गर्ने सेवा लगायतमा सुविधाहरुको समेत उल्लेख हुनु पर्नेछ । संकलित फोहोर, प्लान्ट निर्माणका लागि आवश्यक जग्गा , नगर फोहोर तथा फोहोर संकलन सेवाको निमित्त उपलब्ध औजार÷उपकरण÷साधन आदिको उपयोगको बारेमा परियोजना अवधिभरका लागि सञ्चालककर्ता, केन्द्र र नगरपालिका बीच दायित्व निर्धारण गरिनेछ ।
  • छनोट गरिएको परियोजना सञ्चालक कम्पनीले ९म्भखभयिउभच० आवश्यक परेमा कुल अनुमानित अनुदान रकमको ४०% अग्रिम बैंक ग्यारेन्टी पेश गरी पेश्कीका लागि अनुरोध गर्न सक्नेछ, जसको लागि अग्रिम बैंक प्रत्याभूति आवश्यक पर्नेछ । कम्पनी मार्फत अनुदान आवेदन फाराम सहित अग्रिम अनुदान रकम माग भएमा केन्द्रले केन्द्र समक्ष पेश गरिएको बैंक प्रत्याभूति र अनुदान आवेदन फारामको मूल्याङ्कन पश्चात परियोजना सञ्चालक कम्पनीलाई ४०% अग्रिम अनुदान रकम उपलब्ध गराउनेछ ।

 

ख. नगर फोहोरमा आधारित वायोग्यास प्लान्टको अनुदानका लागि सम्भाव्यता अध्ययन लगायतका आधारहरुः

  • ठूला वायोग्यास प्लान्टको सम्भाव्यता अध्ययन र विस्तृत सम्भाव्यता अध्ययनका लागि केन्द्रबाट आर्थिक सहयोग उपलब्ध गराइनेछ ।
  • १०० घन मिटर सम्मको प्लान्टको लागि सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्नुपर्नेछ भने सो भन्दा ठूला वायोग्यास प्लान्टको हकमा विस्तृत सम्भाव्यता अध्ययन अनिवार्य हुनेछ ।
  • केन्द्रले सम्भाव्यता अध्ययन ÷ विस्तृत सम्भाव्यता अध्ययन कार्यको लागि आवश्यक रकम परामर्शदातालाई प्रतिस्पर्धाको आधारमा उपलब्ध गराउनेछ ।
  • सम्भाव्यता अध्ययन ÷ विस्तृत सम्भाव्यता अध्ययन कार्य गर्न परामर्शदाताको छनोट कार्य निर्माणकता संस्था ÷समुदाग आफु स्वंयले वा केन्द्र मार्फत खरिद ऐन तथा नियमावली अनुसार गर्नु पर्नेछ ।
  • सम्भाव्यता अध्ययन ÷ विस्तृत सम्भाव्यता अध्ययन गर्न केन्द्रले परामर्शदातालाई उपलब्ध गराउने अधिकतम रकम न्युनतम बोल अंकमा उल्लेख भए अनुसार हुनेछ ।
  • केन्द्रले परामर्शदाता कम्पनी÷विज्ञलाई सम्भाव्यता अध्ययन वा विस्तृत सम्भाव्यता अध्ययन कार्य गरे बापतको रकम भुक्तानी गर्दा खरिद ऐन तथा नियमावली वा सम्बन्धित बिकास साझेदार संस्थासँगको सम्झौता अनुसारको निर्देशिका बमोजिम त्रिपक्षीय सम्झौतामा रकम भुक्तानी कार्यसूची तथा भुक्तानी किस्ता निर्धारण गर्नेछ ।
  • परामर्शदाताले अन्तिम प्रतिवेदनको साथमा सम्भाव्यता अध्ययन वा विस्तृत सम्भाव्यता अध्ययन रकम भुक्तानीको पत्र पठाई केन्द्रमा सहयोग रकमको दाबी गर्न सक्नेछन् ।
  • केन्द्रले रकम भुक्तानीका लागि प्रविधिक मूल्याङ्कन बैठकको निर्णयलाई आधार मानी भुक्तानी गर्नेछ ।

 

 

ग. नगर फोहोरमा आधारित वायोग्यास प्लान्टको अनुगमन तथा मूल्याङ्कनः

प्लान्ट निर्माण सम्पन्न पश्चात जडानकर्ता कम्पनीले केन्द्रद्वारा तयार गरिएको प्राविधिक मापदण्ड तथा निर्देशिका अनुसार कार्य नगरेमा निम्न बमोजिमको दण्ड तथा जरिवाना व्यहोर्नु पर्नेछ ।

 

  • ठूला वायोग्यास प्लान्टको सम्पूर्ण निर्माण कार्य तथा भरण र ग्यास उत्पादन भए पछि निर्माणकर्ता कम्पनीले वा परियोजना सञ्चालकले केन्द्रलाई प्लान्टको परीक्षण तथा हस्तान्तरणको लागि अनुरोध गर्नेछ । केन्द्रले अनुरोध प्राप्त गरेको पन्ध्र दिन भित्र केन्द्र आफै वा स्वतन्त्र निरीक्षक –फर्म वा व्यक्तिगत) मार्फत प्लान्टको परिक्षण तथा हस्तान्तरण गराउनु पर्नेछ । जुनसुकै क्षकताका ठूला वायोग्यास प्लान्टको अनुदानका लागि योग्य ठहरिन केन्द्रले जारि गरेको निर्देशिकामा उल्लेख गरिए अनुसारको प्रत्याभूत सञ्चालन क्षमता अनुसार ग्यास वा ग्यासबाट उत्पादित विद्युत शक्ति दुबै स्वीकृत विस्तृत सम्भाव्यता अध्ययनमा उल्लेख भए अनुसार वा केन्द्रद्वारा प्लान्ट निर्माण भन्दा अघि अन्तिम पटक उक्त क्षमतामा कुनै संशोधन स्वीकृत भएको छ भने सो क्षमता अनुसार चलेको हुनु पर्दछ । ग्यास वा विद्युतीय शक्तिको लागि तोकिएको प्रत्याभूत सञ्चालन क्षमताको परीक्षण गर्दा कूल क्षमताको कम्तीमा ८०% क्षमतामा ग्यास उत्पादन भएको अथवा विद्युत शक्ति उत्पादन भएको प्लान्ट मात्र अनुदान प्रक्रियाको लागि योग्य हुनेछ । १००% भन्दा कम तर न्यूनतम प्रत्याभूत क्षमतामा चलेका प्लान्टका लागि उत्पादित ग्यास अथवा विद्युत शक्तिको आधारमा उत्पादन दरलाई उपलब्ध प्रति एकाई अनुदानका दरमा हिसाब गरी दिइनेछ । तर यदि प्लान्टको उत्पादन क्षमता १००% भन्दा माथि भएको खण्डमा पनि १००% भन्दा बढी उत्पादन अनुदानका लागि योग्य हुनेछैन । ८०% भन्दा कम उत्पादन क्षमता हुने प्लान्टलाई प्रत्याभूत उत्पादन क्षमता भेट्नका लागि परीक्षण गराउन दोस्रो मौका प्रदान गरिनेछ । पहिलो परीक्षण पश्चात यदि प्लान्ट ३५ घन मिटर सम्मको छ भने चार महिना भित्र  दोस्रो परीक्षण तथा हस्तान्तरणका केन्दलाई सम्बन्धित निर्माण कम्पनीले अनुरोध गर्नु पर्नेछ र ३५ घन मिटर भन्दा माथिको लागि छ महिना भित्र गर्नु पर्नेछ । परीक्षण तथा हस्तान्तरण अन्य प्रावधान केन्द्रद्वारा स्वीकृत परीक्षण तथा हस्तान्तरण निर्देशिका अनुसार हुनेछ । दोस्रो पटक परीक्षण गराउदा समेत न्युनतम प्रत्याभूत उत्पादन क्षमता नभएको प्लान्टको हकमा प्रत्येक घद्दो उत्पादन दरमा कूल परियोजना लागतको एक प्रतिशतका दरले तरलता क्षतिपूर्ति सम्बन्धित प्लान्ट धनि वा उपभोक्ताले तिर्नु पर्नेछ ।
  • प्रिक्षण तथा हस्तान्तरण कार्य सम्पन्न गर्ने परामर्शदाता कम्पनी वा अधिकारीले परिक्षण सम्पन्न गरेको सात दिन भित्र केन्द्रमा कार्य सम्पन्न प्रतिवेदन पेश गर्नुपर्नेछ । उक्त प्रतिवेदनमा आधारित भएर केन्द्रले प्राप्त अनुदान फारम अनुसार कोषलाई ९०% वा सम्झौता बमोजिम धरौटी बाहेको सम्पूर्ण अनुदान रकम भुक्तानीको लागि सिफारिस गर्नेछ (यदि बंैक प्रत्याभूति पेश गरि पहिलो किस्ता बापत अग्रिम ४०% भुक्तानी गरिएको खण्डमा दोस्रो किस्ता बापत ५०% वा सम्झौता बमोजिम धरौटी बाहेकको सम्पूर्ण अनुदान रकम भुक्तानीको लागि सिफारिस गर्नेछ) । कोषले सम्पूर्ण कागजात उपर जाँचबुझ गरी स्थापित प्रक्रिया बमोजिमको अनुदान रकम सम्बन्धित निर्माण÷ संचालनकर्ता कम्पनीलाई भुक्तानी गर्नेछ ।
  • सबै किसिमको वायोग्यास प्लान्टको अनुगमन, मूल्याङ्कन तथा जरिवाना केन्द्रद्वारा निर्धारित निर्देशिका अनुसार गरिनेछ । निर्माणकर्ता कम्पनीले प्लान्ट हस्तान्तरण गरेको मितिबाट एक वर्ष भित्र बिक्री पछिको सेवा प्रदान गर्नेछ ।
  • ठूला वायोग्यासका हकमा १००% अनुगमन गरिनेछ भने । बिक्री पछिको सेवा प्रतिवेदन वा तेस्रो पक्षिय अनुगमन प्रतिवेदन बिक्री पछिको सेवा प्राप्त गरेको प्रत्याभूति भएमा बांकी अनुदान रकम सम्बन्धित कम्पनीलाई भुक्तानी गर्न केन्द्रले कोषलाई सिफारिस गर्नेछ । कोषले केन्द्रको सिफारिसका आधारमा भुक्तानी गर्न बाँकी धरौटी रकम सम्बन्धित कम्पनीलाई भुक्तानी गर्नेछ ।

घ. नगर फोहोरमा आधारित वायोग्यास प्लान्ट सम्बन्धि दण्ड तथा जरिवानाः

क्र.स. विचलनहरुको विवरण दण्ड/जरिवाना
१. न्युनतम प्रत्याभूत उत्पादन क्षमता भन्दा कम क्षमतामा ग्यास वा विद्युत शक्ति उत्पादन भएमा दोस्रो पटक परीक्षण गराउदा समेत न्यूनतम प्रत्याभूत उत्पादन क्षमता नभएको प्यान्टको हकमा प्रत्येक घद्दो उत्पादन दरमा कूल परियोजना लागतको एक प्रतिशतका दरले तरलता क्षतिपूर्ति सम्बन्धित लाभान्वित पक्षले तिर्नुपर्नेछ साथै केन्द्रले सम्बन्धित कम्पनीलाई चेतावनी पत्र जारी गर्नेछ । यदि एक वर्षमा तीन पटक भन्दा बढी यस्तो चेतावनी पत्र जारी गर्नुपर्ने अवस्था आएमा सम्बन्धित कम्पनीका साथै विस्तृत सम्भाव्यता अध्ययन गर्ने परामर्शदातालाई  छ महिना सम्म कुनै पनि वायोग्यास प्लान्ट नर्माण वा परामर्शमा बन्देज गरिनेछ ।
२. कम गुणस्तरको प्यान्ट निर्माण गरेमा प्राप्त अनुदान रकमको १००% रकम केन्द्रमा फिर्ता गर्नु पर्नेछ तथा सम्बन्धित कम्पनीलाई छ महिना सम्म कुनै पनि वायोग्यास प्लान्ट नर्माणमा बन्देज गरिनेछ ।
३. गलत कागजात पेश गरेमा ५०% अनुदान रकम केन्द्रलाई फिर्ता गर्नुका साथै लिखित स्पस्टिकरण दिनुपर्नेछ, तत्पश्चात केन्द्रले सम्बन्धित कम्पनीलाई चेतावनी पत्र जारी गर्नेछ । तीन पटक सम्म यस्तो चेतावनी पत्र जारी गर्नुपर्ने अवस्था आएमा सम्बन्धित कम्पनीलाई छ महिना सम्म कुनै पनि वायोग्यास प्लान्ट नर्माणमा बन्देज गरिनेछ ।
४. गलत विवरण पेश गरेमा चेतावनी पत्र जारी गरिनेछ । तीन पटक भन्दा बढी यस्तो चेतावनी पत्र जारी भएमा तीन महिनाको लागि सम्बन्धित कम्पनीलाई प्यान्ट निर्माण गर्न बन्देज गरिनेछ ।
५. स्लरी खाडल निर्माण नगरेमा वा विस्तृत÷सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार सामाजिक तथा वातावरणीय प्रभाव न्युनिकरण उपायहरु कार्यान्वयन नगरेमा अनुदान रकमको दश प्रतिशत प्रति प्यान्ट जरिवानाका साथै चेतावनी पत्र जारी गरिनेछ । तीन पटक सम्म चेतावनी पत्र जारी भएमा त्यस्तो कम्पनीलाई छ महिना सम्म प्यान्ट निर्माणमा बन्देज गरिनेछ ।
६. बिक्री पश्चातको सेवा प्रदान नगरेमा कूल अनुदान रकमको पाँच प्रतिशत रकम धरौटी ९च्भतभलतष्यल ःयलभथ० रकमबाट कट्टा गरी आवश्यक मर्मत तथा संभारमा लगाइनेछ ।

यस क्षेत्रमा कार्य गर्ने निर्माण जडानकर्ता कम्पनीहरुलाई केन्द्रद्वारा स्लरीको व्यवस्थापन, जडान पश्चातको सेवा, उपभोक्ताले स्लरी प्रयोग गरेको अवस्था, उपभोक्ताबाट प्राप्त गुनासो तथा मापदण्डबाट विचलन भए नभएको , तेस्रो पक्षिय अनुगमन तथा उपकरणको स्तर र गुणस्तरको आधारमा वार्षिक रुपमा मूल्याङ्कन गरिनेछ ।

सबै भन्दा उत्कृष्ट नतीजा ल्याउने पाँच कम्पनीहरुलाई सो वर्षका उत्कृष्ट कम्पनीे भनी सम्मानित गरिनेछ र उत्कृष्ट सेवा पुरस्कार प्रमाण पत्र प्रदान गरिनेछ । कम्पनीहरुले आगामी वर्ष प्लान्ट निर्माण गर्ने व्यावसायिक प्रस्ताव पेश गर्दा बैंक प्रत्याभूति पेश गर्नु पर्ने छैन ।

 

सुचिकृत संस्था

वैकल्पिक ऊर्जा  प्रवद्र्धन केन्द्रले नगर फोहोरमा आधारित ठूला वायोग्यास प्लान्ट जडानको लागि बोल पत्र आह्वान गरी कम्पनीको छनोट गर्नेछ ।  

 

पहुँचका आधारमा (दुर्गम) जिल्लाको वर्गिकरण