परिभाषा

घरायसी वायोग्यास प्लान्ट भन्नाले दुई देखि बाह्र घन मिटर सम्मका गाई भैसी वा अन्य पशुपक्षीहरुको मलमा आधारित वायोग्यास प्लान्ट बुझ्न सकिन्छ । क्षमताको आधारमा घरायसी वायोग्यास प्लान्टलाई हाल चार प्रकारका वायोग्यास प्लान्टहरु प्रयोगमा रहेका छन् । ती हुन्:

  • २ घनमिटर प्लान्ट
  • ४ घनमिटर प्लान्ट
  • ६ घनमिटर प्लान्ट
  • ८ घनमिटर प्लान्ट

फोहोरको प्रयोगका आधारमा घरायसी वायोग्यास प्लान्ट दुई प्रकारका रहेका छन् । ती हुन्:

  • गाई भैसीको गोवरको प्रयोगबाट वायोग्यास
  • भान्छाबाट निस्कने फोहर तथा अन्य घरायसी जैविक वस्तुहरुको प्रयोगबाट वायोग्यास

 

क्षमता, मुल्य र अनुदान रकम

घरायसी वायोग्यास प्लान्ट प्रणालीको क्षमता, मुल्य र अनुदान रकम सम्बन्धी विस्तृत विवरण तल उल्लेख गरिएको छ:

१. गाई भैसीको गोवरको प्रयोगबाट वायोग्यास

गाई भैसीको गोवर मुख्य पदार्थको रुपमा प्रयोग गरी घरायसी प्रयोजनका लागि निर्माण गरिने वायोग्यास प्लान्टहरु रहेका छन् ।

क. नियमित अनुदान सम्बन्धी व्यवस्था
गाई भैसीको गोवर मुख्य पदार्थको रुपमा प्रयोग गरी घरायसी प्रयोजनका लागि निर्माण गरिने वायोग्यास प्लान्टहरुमा प्रति प्लान्ट प्रति घरधुरीमा दिइने अनुदान देहाय वमोजिम हुनेछः

क्षेत्र

सन्दर्भ मुल्य सूची

अनुदान रकम (रु.मा)

 

२ घनमिटर प्लान्ट क्षमता

४ घनमिटर प्लान्ट क्षमता

६ घनमिटर प्लान्ट क्षमता

८ घनमिटर प्लान्ट क्षमता

२ घनमिटर प्लान्ट क्षमता

४ घनमिटर प्लान्ट क्षमता

६ घनमिटर वा सो भन्दा वढि प्लान्ट क्षमता (२०७६/७७)

नेपाल सरकारले तोकेका हिमाली क्षेत्रका जिल्लाहरु

६०,०००

७५,३१४

८७,९५७

९१,८०७

२५,०००

३०,०००

२९,७५०

नेपाल सरकारले तोकेका पहाडी क्षेत्रका जिल्लाहरु

५०,०००

६९,३३५

७९,०४९

८६,९३२

२०,०००

२५,०००

२५,५००

नेपाल सरकारले तोकेका तराई क्षेत्रका जिल्लाहरु

४४,०००

६४,२२६

७२,९२५

८२,३१५

१६,०००

२०,०००

२०,४००

*उल्लेखित मूल्यमा उपभोक्ताको तर्फबाट उपलब्ध गराइने अदक्ष श्रम समावेस भएको छैन ।

तर ६ घनमिटर र सो भन्दा माथिको घरायसी वायोग्यास प्लान्टको अनुदान रकम माथि उल्लेखित दरमा आर्थिक वर्ष २०७४/७५ देखि तीन वर्ष सम्म प्रत्येक आर्थिक वर्षमा वार्षिक ५ प्रतिशतका दरले घट्नेछ ।

ख.  लक्षित लाभान्वित वर्गका लागि विशेष अनुदान सम्बन्धि व्यवस्था
लक्षित लाभान्वित वर्गका लागि माथि उल्लेखित अनुदान रकमको १० प्रतिशत थप रकम उपलव्ध गराइनेछ ।

ग. भुकम्प प्रभावित क्षेत्रको लागि विशेष अनुदान सम्बन्धि व्यवस्था
घरायसी वायोग्यास प्लान्टमा ४ घ.मी. क्षमताको प्लान्टमा पहाडी क्षेत्रमा कूल लागतको ७० प्रतिशतमा नवढने गरी रु. ४०,००० सम्म र ६ घ.मी. क्षमताको प्लान्टलाई ७० प्रतिशतमा नवढने गरी रु. ४५,००० सम्म । त्यसैगरी, तराई क्षेत्रमा ४ घ.मी. क्षमताको प्लान्टमा कूल लागतको ७० प्रतिशतमा नवढने गरी रु. ३५,००० सम्म र ६ घ.मी. क्षमताको प्लान्टलाई ७० प्रतिशतमा नवढने गरी रु. ४०,००० सम्म अनुदानको व्यवस्था गरिएको छ ।

२. भान्छाबाट निस्कने फोहर तथा अन्य घरायसी जैविक वस्तुहरुको प्रयोगमा अनुदान सम्बन्धि व्यवस्था

भान्छाबाट निस्कने फोहर तथा अन्य घरायसी जैविक वस्तुहरु अधिकतम प्रयोग गरी वातावरण सुधार गर्ने तथा आयातित इन्धनलाई प्रतिस्थापन गर्न निर्धारित डिजाइनको ४ घन मिटर वा सो भन्दा कम क्षमताका वायोग्यास प्लान्टहरुका लागि प्रति घरधुरी अधिकतम रु. १०,००० भन्दा बढी नहुनेगरी कूल लागतको अधिकतम ५० प्रतिशत सम्म अनुदान रकम उपलव्ध गराइनेछ ।

 

अनुदान सम्बन्धी प्रवधानहरु

क. अनुदान प्राप्तिका लागि सैदान्तिक आधार:

  • नेपालका सबै घरधुरी अनुदानका लागि योग्य हुनेछन् ।
  • लक्षित उपभोक्तालाई थप अनुदान प्राप्त गर्नको लागि नेपाल सरकारबाट प्रदान गरिएको सम्बन्धित परिचय पत्र, सिफारिस जस्ता कागजात पेश गर्नु पर्नेछ ।
  • गाई भैँसीको गोवर मुख्य पदार्थको रुपमा प्रयोग गरिने वायोग्यास प्लान्टमा कम्तीमा एक पशु भएको हनु पर्ने ।

ख. अनुदान परिचालन प्रक्रियाः

  • दुई देखि बाह्र घन मिटर क्षमताको वायोग्यास प्लान्ट केन्द्रले निर्धारण गरे अनुसार कम्तिमा एक पशु भएको घरमा केन्द्रद्वारा स्वीकृत प्रविधि/ मोडल र केन्द्रद्वारा मान्यता प्राप्त कम्पनीले जडान वा निर्माण गरेको संरचना वायोग्यास प्लान्टलाई मात्र अनुदान प्रदान गरिनेछ ।
  • जडान गरिएका प्लान्टको उपकरणमा सम्बन्धित निर्माणकर्ता कम्पानीले एक वर्ष समय अवधिको प्रत्याभूति र सिभिल संरचनमा तीन वर्ष समय अवधिको प्रत्याभूति प्रदान गर्नु पर्नेछ ।
  • निर्माणकर्ता कम्पानीले प्लान्ट जडान पश्चात् प्लान्ट निर्माण सम्पन्न प्रतिवेदनका साथमा अनुदान आवेदन फाराम केन्द्रलाई बुझाउनु पर्नेछ । केन्द्र समक्ष पेश हुन आएका कागजातमा आवश्यक जाँचबुझ गर्दा केन्द्रले राखेका शर्तहरु पूरा भएको खण्डमा केन्द्रले अनुदान स्वीकृति र भुक्तानीको लागि कोषलाई सिफारिस गर्नेछ । यसरी केन्द्रले अनुदान सिफारिस गर्दा सम्बन्धित कम्पनीबाट अनुदान आवेदन फाराम बुझको तीस दिन भित्र गरिसक्नु पर्नेछ ।
  • निर्माणकर्ता कम्पानीले उपभोक्तालाई प्लान्ट निर्माण गरी हस्तान्तरण गर्दा कुनै पनि क्षमताको वायोग्यास प्रणालिको मूल्य केन्द्रले तोकेको आधार मूल्यभन्दा बढी हुनेछैन ।
  • निर्माणकर्ता कम्पानीले प्लान्ट जडान पश्चात प्लान्ट निर्माण सम्पन्न प्रतिवेदनका साथमा प्लान्टका  साथमा प्लान्ट धनि स्पस्टरुपमा देखिने फोटो सहित अनुदान आवेदन फाराम केन्द्र अन्तर्गत राष्ट्रिय सेवा प्रदायक संस्था समक्ष बुझाउनु पर्नेछ । यसरी पेश हुन आएका अनुदान आवेदन फाराममा आवश्यक चेक जाँच गर्दा केन्द्रले राखेका शर्तहरु पूरा भएको खण्डमा राष्ट्रिय सेवा प्रदायक संस्थाले वायोग्यास डाटा भरी सोको प्रमाणित (संस्थाको छाप लगाई) प्रति सहित अनुदान भुक्तानीको लागि केन्द्र समक्ष सिफारिस गर्नेछ ।
  • शहरी वायोग्यास प्लान्टको हकमा जडानकर्ता कम्पानीले अनुदान आवेदन फाराम सोझै केन्द्र समक्ष पेश गर्न सक्नेछन् । केन्द्र समक्ष पेश हुन आएका कागजातमा आवश्यक चेक जाँच गर्दा केन्द्रले राखेका शर्तहरु पूरा भएको खण्डमा केन्द्रले अनुदान भुक्तानीको प्रक्रिया अगाडि बढाउने छ ।
  • कोषले केन्द्र मार्फत प्राप्त भएका अनुदान आवेदन फारामहरु उपर आवश्यक मुल्याङ्कन गर्दा अनुदानको सबै आधारहरु पूरा गरेको पाएमा त्यस्ता अनुदान आवेदन फारामहरु शत प्रतिशत अनुदान रकम उपभोक्तालाई जडानकर्ता कम्पनी मार्फत भुक्तानी दिनेछ ।
  • केन्द्रमा प्राप्त भई तोकिएका सम्पूर्ण प्रावधानहरु पुरा गरेका अनुदान फारमहरुको मूल्याङ्कन गरी केन्द्रले कोषलाई पन्चानब्बे (९५%) प्रतिशत अनुदान रकम स्वीकृत र भुक्तानीको लागि कोष समक्ष सिफारिस गर्नेछ र बाँकि (५%) धरौटि बापत रकम कोषमा छुट्टै खाता खोलि राखिनेछ ।
  • प्लान्ट निर्माण सम्पन्न पश्चात जडानकर्ता कम्पनीले केन्द्रद्वारा तयार गरिएको प्राविधिक मापदण्ड तथा निर्देशिका अनुसार कम्तिमा दुई वर्ष सम्म बिक्री पश्चातको सेवा (ASS) उपलब्ध गराउनु पर्नेछ । केन्द्रले बिक्री पश्चातको सेवा प्रदान गरेको प्रत्याभूतिको समयावधिभर अग्रिम बैंक ग्यारेण्टी वा सुरक्षण रकम निकासा गर्ने छैन ।
  • केन्द्र वा यसका बाह्य पहुंच केन्द्र वा केन्द्रले तोकेको संस्था वा केन्द्रद्वारा छानिएका स्वतन्त्र परामर्शदाता कम्पानीले बिक्री पश्चातको सेवाको अनुगमन गर्दा उपलब्ध नमुना संख्या लिइएको आधारमा गर्नेछ । अग्रिम बैंक ग्यारेण्टी वा सुरक्षण रकम फुकुवाको लागि केन्दले तेस्रो पक्षिय अनुगमन प्रतिवेदनलाई आधार मानी गर्नेछ । बिक्री पश्चातको सेवा सन्तोजनक भएको पाइएमा अग्रिम सुरक्षा रकम वा अग्रिम बैंक ग्यारेण्टी रकम केन्द्र वा कोषले फुकुवा गर्नेछ ।
  • केन्द्रले अनुगमन प्रतिवेदन स्वीकृत गरे पश्चात अग्रिम जमानत रकम वा बैंक प्रत्याभूतिको रुपमा रहेको बाँकि (५%) प्रतिशत रकम फुकुवा गरिनेछ ।
  • जडान तथा बिक्री पश्चातको सेवा प्रदान गर्ने क्रममा जडानकर्ता कम्पनीहरुले केन्द्रले तोकेको मापदण्ड बमोजिम जडान कार्य वा सेवा प्रवाहमा अन्तर आएको खण्डमा त्यस्ता कम्पनीहरुलाई क्षतिपूर्ति/जरिवाना लगाइनेछ ।

ग. अनुगमन तथा मूल्याङ्कन

  • प्लान्ट निर्माण सम्पन्न पश्चात जडानकर्ता कम्पनीले केन्द्रद्वारा तयार गरिएको प्रविधिक मापदण्ड तथा निर्देशिका अनुसार कम्तीमा दुई वर्ष सम्म बिक्री पश्चातको सेवा (ASS) उपलब्ध गराउनु पर्नेछ ।
  • जडानकर्ता कम्पनीले बिक्री पश्चात दिएको सेवाको अनुगमन केन्द्रद्वारा तोकिएको संस्था वा केन्द्रबाट चयन भएको स्वतन्त्र परामर्शदाताले गर्नेछ । केन्द्रले अनुगमन प्रतिवेदनको आधारमा सन्तोषजनक प्रतिवेदन प्राप्त भएको खण्डमा अग्रिम बैंक ग्यारेन्टि वा सुरक्षण रकमलाई फुकुवा गर्नेछ। जडान तथा सेवा प्रवाहमा जडानकर्ता कम्पनीले मापदण्ड वा सेवाका शर्तहरुमा विचलन गरेको पाइएमा केन्द्रले तोके अनुसारको क्षतिपूर्ति तथा जरिवाना जडानकर्ता कम्पनी मार्फत असुल उपर गरिनेछ ।
  • केन्द्र वा यसका बाह्य पहुँच केन्द्र वा केन्द्रले तोकेको संस्था वा केन्द्रद्वारा छानिएका स्वतन्त्र परामर्शदाता कम्पनी बिक्री पश्चातका सेवाको अनुगमन पाँच प्रतिशत नमुना संख्या (Sample) लिइएको आधारमा गरिनेछ ।  अग्रिम जमानत रकम वा बैंक प्रत्याभूति वा सुरक्षण रकम फुकुवाका लागि केन्द्रले तेस्रो पक्षीय अनुगमन प्रतिवेदनलाई आधार मानी गरिनेछ।

घ. दण्ड तथा जरिवाना
प्लान्ट निर्माण सम्पन्न पश्चात जडानकर्ता कम्पनीले केन्द्रद्वारा तयार गरिएको प्राविधिक मापदण्ड तथा निर्देशिका अनुसार कार्य नगरेमा निम्न बमोजिमको दण्ड तथा जरिवाना व्यहोर्नु पर्नेछ ।

क्र.स.

बिचलनको प्रकार

दण्ड/जरिवाना

प्लान्ट नभेटिएमा वा दोहोरो अनुदान दाबी गरेमा

अनुदान रकमको २००% जरिवाना गर्नुका साथै सम्बन्धित कम्पानीलाई तीन महिना सम्म प्लान्ट निर्माण गर्नमा बन्देज गर्न सकिनेछ । एक वर्ष भित्र दुई पटक बढी मुद्दा प्रमाणित भएमा सम्बन्धित कम्पनीलाई सो आर्थिक वर्ष प्लान्ट निर्माण गर्नबाट बन्देज लगाउन सकिनेछ भने सो रकम सम्बन्धित प्लान्टको निर्माण गर्न प्रयोग गरिनेछ ।

निर्माणाधीन वा अपुरो प्लान्ट अनुदानको लागि पेश गरेमा

अनुदान रकमको शत् प्रतिशत जरिवाना गर्नुका साथै अपुरो प्लान्ट पुरा गर्नु पर्नेछ । सम्बन्धित कम्पनीलाई दुई महिना सम्म वायोग्यास प्लान्ट निर्माणमा बन्देज गर्न सकिनेछ, यदि एक वर्ष भित्र दुई पटक भन्दा बढी यस्ता मुद्दा प्रमाणित भएमा सम्बन्धित कम्पनीलाई सो आर्थिक वर्ष प्लान्ट निर्माण गर्नबाट बन्देज लगाउन सकिनेछ । सो रकम कोषमा राखि गुनासोका आधारमा पुराना प्लान्ट मर्मत सम्भारको लागि खर्च गरिनेछ ।

कम गुणस्तरको प्लान्ट निर्माण गरेमा

प्राप्त अनुदान रकमको १००% रकम केन्द्रमा फिर्ता गर्नु पर्नेछ तथा सम्बन्धित कम्पनीलाई एक महिना सम्म पनि प्लान्ट निर्माणमा बन्देज गरिनेछ । सो रकम कोषमा राखि गुनासोका आधारमा पुराना प्लान्ट मर्मत सम्भारको लागि खर्च गरिनेछ ।

गलत कागजात पेश गरेमा

अनुदान रकमको ५०% साथै लिखित स्पष्टिकरण दिनपर्नेछ , तत्पश्चात केन्द्रले सम्बन्धित कम्पनीलाई चेतावनी पत्र जारी गर्नेछ । यदि एक वर्षमा ३ पटक सम्म यस्तो चेतावनी पत्र जारी गर्नुपर्ने अवस्था आएमा सम्बन्धित कम्पनीलाई प्लान्ट निर्माण गर्नमा बन्देज गर्न सकिनेछ ।

गलत बिवरण पेश गरेमा

सम्बन्धित कम्पनीलाई चेतावनी पत्र जारी गरिनेछ । तीन पटक भन्दा बढि यस्तो चेतावनी पत्र जारी भएमा बढीमा तीन महिनाको लागि सम्बन्धित कम्पनीलाई प्लान्ट निर्माणमा बन्देज गर्न सकिनेछ ।

स्लरी खाडल निर्माण नगरेमा

रु १००० प्रति प्लान्ट जरिवानाका साथै चेतावनी पत्र जारी गरिनेछ । यदि एक वर्ष भित्र तीन पटक सम्म यस्तो चेतावनी पत्र जारी भएमा त्यस्तो कम्पनीलाई बढीमा तीन महिना सम्म प्लान्ट निर्माणमा बन्देज गर्न सकिनेछ ।

बिक्री पश्चातको सेवा प्रदान नगरेमा

रु १००० प्रति प्लान्ट जरिवाना रकम बैंक प्रत्याभूति वा धरौटि रकमबाट कट्टा गरी आवश्यक तथा संभारमा लगाइनेछ ।

स्लरी खाडल खन्ने कार्य उपभोक्ताको दायित्व भित्र रहनेछ तर निर्माणकर्ता कम्पनीले सो निर्माण पुरा गरेको प्रत्याभूति गर्नुपर्नेछ ।

 

सुचिकृत संस्था

वैकल्पिक ऊर्जा  प्रवर्द्धन केन्द्रले घरायसी वायोग्यास प्लान्ट प्रणाली जडानका लागि मान्यता प्रदान गरेका संस्थाहरु निम्न बमोजिम रहेका छन्:

क्र.स.

कम्पनीरफर्म

ठेगाना

सम्पर्क नम्बर

ईमेल

१.

आविस्कार ईनर्जी प्रा.लि

बर्दिवास, महोतरी

तिलक लाल श्रेष्ठ ९८५४०२७३४८

abiskar.energy@gmail.com

२.

आधुनिक बैकल्पिक ऊर्जा प्रा.लि

बनेपा, काभ्रे

सुख सागर श्रेष्ठ ९८४१४३६४८४

aadhunikbaikalpik@gmail.com

३.

बैकल्पिक ऊर्जा बिकास कम्पनी प्रा.लि

कोहलपुर, बाँके

कृष्ण प्रसाद अधिकारी ९८४८०९२७७२

bub.banke@gmail.com

४.

भग्वति वायोग्यास एण्ड ईनर्जी प्रा.लि

इटहरी, सुनसरी

दिवाकर निरौला ९८४२२९७६९४

bhagwatibiogascompany@gmail.com

५.

वायोग्यास तथा ऊर्जा बिकास  प्रा.लि

भरतपुर, चितवन

लोकनाथ घिमिरे ९८५५०५५५४८

bbi.chitwan@gmail.com

६.

डाँफे गोबर ग्यास कम्पनी प्रा.लि

बिर्तामोड, झापा

सेवन्त राज भट्टराई ९८५२६७८३०३

danphebiogas@gmail.com

७.

देउराली गोबर ग्यास कम्पनी प्रा.लि

बनेपा, काभ्रे

पदम कुमार दुलाल ९८५१०५९३११

deukavre@outlook.com

८.

दिपसिखा ऊर्जा बिकास कम्पनी प्रा.लि

कैलालि, कैलालि

डिल्ली राम सापकोटा ९८५८४२१५६३

durjabikash@gmail.com

९.

घरेलु वायो गोबर ग्यास कम्पनी प्रा.लि

बुटवल, रुपन्देहि

डि.बि गुरुङ ९८५७०२०८५२

gharelu_gobergas@yahoo.com

१०.

ग्लोबल ग्रिन ईनर्जी प्रा.लि

हेटौंडा, मकवानपुर

महोब्ब सिद्दिकि ९८५१०७२४९८

greenergy785@gmail.com

११.

जनप्रिय गोबर ग्यास तथा निर्माण कम्पनी प्रा.लि

इमिलिया, कपिलवस्तु

केशव राज खनाल ९८५७०३४६६१

janapriyagobargas@gmail.com

१२.

जय भवानी गोबर ग्यास कम्पनी प्रा.लि

मिर्चैया, सिराहा

दिनेश कुमार मण्डल ९८६२८२७९६१

jaybhawanigobargascompany@gmail.com

१३.

के.पि व्यवसाहि सेवा प्रा.लि

बिरेन्द्रनगर, सर्खेत

कृष्ण प्रसाद ढिकाल ९८५८०५१५२८

kpbsskt@yahoo.com

१४.

पथिभरा गोबर ग्यास कम्पनी प्रा.लि

ईलाम, ईलाम

नेत्र प्रसाद भट्टराई ०२७–५२११०७

pathivarabiogas@gmail.com

१५.

लोकप्रिय सोलार एण्ड वायो ईनर्जी प्रा.लि

गुलेरिया, बर्दिया

रमेश प्याकुरेल ९८४११६२२९४

lokprya_70gobargas@hotmail.com

 

पहुँचका आधारमा (दुर्गम) जिल्लाको वर्गिकरण