कोषको रकम खुद्रा कर्जा वितरणको लागि जिम्मेवारी तोकिएका वित्तीय संस्थाहरुको रुपमा साझेदार बैंकको व्यवस्था गरिएको छ । यिनै बैंकहरुको माध्यमबाट उपभोक्ताहरुलाई कोषको रकम उपलब्ध गराइन्छ । साझेदार बैंकका मुख्य कार्यहरु देहाय बमोजिम रहेका छन्:

  • केन्द्रबाट अनुदानका लागि सिफारिस भएका घरधुरी तथा समुदाय र केन्द्रबाट मान्यता प्राप्त उत्पादक, प्रबर्द्धक, वितरक, जडानकर्ता तथा उत्पादनशील परिप्रयोगकर्ताहरु लगायतका उपभोक्ताहरुलाई कोषको रकमबाट कर्जा सुविधाहरु खुद्रा रुपमा उपलब्ध गराउने,
  • कर्जा लगानी योग्य प्रस्तावहरु लिनको लागि केन्द्रको प्राविधिक शाखा, सेवा केन्द्र तथा शाखाहरुसँग मिलेर काम गर्ने,
  • कर्जा रकम स्वीकृत गर्नुपूर्व आयोजनाको सम्भाव्यताको लागि केन्द्र र कोषको सचिवालयसँग सहकार्य गरी आन्तरिक रुपमा विश्लेषण गर्ने,
  • आयोजनाको वित्तीय सम्भाव्यता एवं उपयुक्त उत्पादनशील परिप्रयोग (प्रोडक्टिभ इन्ड्युज) सुनिश्चित गर्नको लागि कर्जा स्वीकृत गर्नुपूर्व सो सम्बन्धमा मूल्यांकन गर्ने ।

नविकरणीय ऊर्जा अनुदान परिचालन कार्यविधि, २०७३ का आधारमा नविकरणीय ऊर्जा क्षेत्रमा इच्छुक नेपाल राष्ट्र बैंकबाट "क" वा "ख" वर्गको मान्यता प्राप्त बैंकहरु छन् ।