कोषले नेपाल सरकारले समय समयमा तोकेको लक्ष्य हासिल गर्न देहायका क्षेत्रहरुमा लगानी गर्नेछ:

  • सौर्य ऊर्जा आयोजनाहरु/प्रणालीहरु,
  • वायोग्याँस प्लान्ट/आयोजनाहरु,
  • जैविक ऊर्जा आयोजनाहरु/प्रणालीहरु,
  • लघु तथा साना जलविद्युत आयोजनाहरु,
  • सुधारिएको पानी घट्ट,
  • उत्पादनमूलक ऊर्जा उपयोग,
  • नविकरणीय ऊर्जा प्रविधि सम्बन्धी उपकरणहरु उत्पादन तथा प्रशोधन गर्ने उद्योगहरु,
  • नेपाल राष्ट्र बैंकले तोकेका परिधीभित्र रही विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा कोषको नाममा व्याज आम्दानी हुने गरी खाता सञ्चालन गर्ने वा अन्य न्यून जोखिम भएको लगानी योग्य क्षेत्रहरु,
  • "क" वर्गका बैंकहरुको ऋणपत्र जस्ता लगानी योग्य क्षेत्रहरु र
  • नेपाल सरकारले तोकेका नविकरणीय ऊर्जा सम्बन्धी अन्य क्षेत्रहरु ।